कुवेतमा ४८ जना नेपालीको मृत्य, १ जना कोमामा

  राज मल्ल

 2825 पटक हेरिएको

कुवेत, १६ पुस । कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरुमा ३६ जना पुरुष रहेका छन् भने १२ जना महिला छन् ।

कुवेतमा सबैभन्दा बढी हृदयघातका कारण १७ जनाको निधन भएको छ । त्यसैगरी विभिन्न रोगका कारण ९ जना, सडक दुर्घटनामा ८ जना, काम गर्ने ठाउँमा ३ जना, पानीमा डुबेर १ जना, करेण्ट लागेर १ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी ५ जनाको मृत्युबारे अझै अनुसन्धान हुँदैछ भने ३ जनाले आत्महत्या गरेका छन् । त्यस्तै १ जनाको हत्या भएको हो ।

कुवेतस्थित नेपाली राजदूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले दिएको जानकारी अनुसार करीव १ लाखको हाराहारीमा नेपालीहरुको जनसंख्या रहेको कुवेतमा विगतका वर्षहरुमा भन्दा यो वर्ष नेपालीको मृत्युदर अत्यधिक बढ्दो छ । खासगरी खानपानमा हेलचेक्राई र अत्यधिक मदिरा सेवनका कारण हृदयघातको क्रम बढिरहेको छ । ट्राफिक नियमसम्बन्धी ज्ञान नहुँदा पनि धेरैले सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

त्यसबाहेक एक जना नेपाली यतिबेला कोमामा उपचाररत छन् । कोमामा उपचाररत नेपाली भगीरथ चापागाई हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार