जीवन शर्मासहितको टोली नयाँ वर्ष साँस्कृतिक साँझका लागि जापानमा

  पहिलोपेज

 390 पटक हेरिएको

जापान, १४ पुस । अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा जापानमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा लागि रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष तथा चर्चित जनवादी गायक जीवन शर्मासहितको कलाकार टोली जापान पुगेको छ । कलाकारहरुको उक्त टोलीले ३१ डिसेम्बर २०१८ मा ओसाका र १ जनवरी २०१९ का दिन टोकियोमा भव्य प्रस्तुति रहेको बताइएको छ ।

जापान नेपाली एकता समाजले आयोजना गरेको सो कार्यक्रमका लागि कलाकारहरु जीवन शर्मा र दलबहादुर बिक जापान पुगिसकेका छन् । रक्तिम अभियान जापानका कलाकारहरु सचित्र केसी, लीला परियार, नवीन बस्याल, प्रकाश बीसी ‘बादल’, बबिता सापकोटा, सिर्जना गौतमको पनि प्रस्तुति रहने बताइएको छ । जापान नेपाली एकता समाजको नौमती बाजा समूहको पनि प्रस्तुति रहेको छ । साथमा स्थानीय लोकदोहरी कलाकारहरुले पनि आफ्ना प्रस्तुति दिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार