सहकारी आन्दोलनबाट समृद्धि सम्भव छ : मन्त्री भण्डारी

  जीवन शाही

 305 पटक हेरिएको

सुर्खेत, १ पुस । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सहकारी आन्दोलनबाट कर्णालीको समृद्धि सम्भव रहेको बताएका छन् । वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री भण्डारीले त्यस्तो धारणा राखेका हुन् ।

कर्णाली प्रदेशमा सहकारी आन्दोलनलाई थप उचाईमा पुराएर यहाँका जनताको आर्थिक बृद्धिदर विकास गर्न सकिने बताए । हिमाल बहुउद्देश्यीय सहकारी संस्था लि.को १५ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले संस्थाले गरेका हरेक क्रियाकलापमा एकबद्ध भएर अगाडि बढ्न समेत सुझाव दिएका थिए ।

सहकारीको बार्षिक साधारणसभालाई उदघाटन गर्दै प्रमुख अतिथि मन्त्री भण्डारीले सहकारी संस्थाको सम्पूर्ण शेयर सदस्यहरुलाई सचेत भएर अगाडि बढ्न सुझाव दिए । प्रदेश सरकारको तर्फबाट सहकारीको संस्थागत विकासका लागि आफूले भरपुर सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार