समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान : खानेपानी मन्त्री मगर

  पहिलोपेज

 460 पटक हेरिएको

काठमाडौं, २७ मंसिर । खानेपानी मन्त्री बिना मगरले विकेन्द्रित भइरहेको समाजलाई केन्द्रीकृत गर्न सहकारी संस्थाहरुले ठूलो योगदान दिइरहेको बताएकी छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित दलित बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभाको उदघाटन गर्दै मन्त्री मगरले समाजलाई केन्द्रीकृत गरी सहकारी संस्थाहरुले सकारात्मक सन्देश दिइरहेको बताएकी हुन् ।

साधारण सभाको उद्घाटन गर्दै मन्त्री मगरले भनिन्, ‘‘हाम्रो समाज विकेन्द्रित भइरहेको छ । यस्तो अवस्थामा सामूहिकतामा काम गर्ने अभ्यास सहकारी संस्थाहरुले गरिरहेका छन् । सामूहिक लगानी, सामूहिक उपलब्धि र समस्याको सामूहिक हल खोज्ने राम्रो माध्यम सहकारी बनेको छ ।’’

मन्त्री मगरले समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरी सहयोगको भावना जागृत गराउन सहकारीले महत्वपूर्ण संस्कार अँगालेको बताइन् । सामूहिकतामा काम गर्ने अभ्यास सहकारीले गरेको भन्दै उनले विपन्न वर्गका समुदायको जीवनस्तर माथि उकास्न सहकारीको भूमिका अतुलनीय रहेको उल्लेख गरिन् । सहकारीलाई नकारात्मक ढंगबाट मात्रै नबुझ्न उनले सबैलाई आग्रह पनि गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार