दाङमा हृदयविदारक घटना, जीप दुर्घटनामा बेहुलाका आमाबुवासहित ६ जनाको मृत्यु

  पहिलोपेज

 886 पटक हेरिएको

दाङ, २७ मंसिर । विवाहको जन्ती बोकेको जीप दुर्घटना हुँदा दाङमा बेहुलाका आमाबुवासहित ६ जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ रिहारनजिक स्कारपियो र बस ठोक्किएपछि ६ जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । चितवनको गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस गएराति २ बजेतिर एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्कारपियोमा सवार भएका ८ जनामध्ये ६ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । दुईजना घाइतेको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । मृत्युु हुनेमा दुलाहाका बुवाआमा र आफन्त हुन् ।

दुलाहाको बुवा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षीय मानबहादुर केसी, दुलाहाकी आमा ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार