नेपाली जनसम्पर्क समिति जापान सिजुओकाको अध्यक्षमा रुपक बस्नेत

  पहिलोपेज

 1116 पटक हेरिएको

जापान, २६ कार्तिक । नेपाली कागे्रसको विदेशस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको सिजुओका क्षेत्रीय कमिटीको नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न अधिवशेनले सिजुओका क्षेत्रीय कमिटीको सभापतिमा रुपक बस्नेतलाई चयन गरेको छ ।

कमिटीको उपसभापतिमा सरोज बुढाथोकी र कैलाश थापा रहेका छन् । त्यसैगरी सचिव सुमन पौडेल, उपसचिव सन्दीप थापा र कोषाध्यक्ष रोशन डंगोललाई चयन गरेको छ । कार्यसमितिका सदस्यहरुमा उत्तम विश्वकर्मा, पवन थपलिया, हरि न्यौपाने, सुमन श्रेष्ठ, अर्जुनजङ्ग बस्नेत, सविन शाही ठकुरी, युवराज नेपाल, जीवन दाहाल र सविता डंगोल रहेका छन् ।

नवगठित कार्यसमितिका सभापति रुपक बस्नेतले आगामी दिनमा सिजुओकामा रहेका लोकतन्त्रवादीहरुलाई एक बनाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गरे । उनले आफ्नो नेतृत्वको समिति सामाजिक कार्यहरुमा अझ बढी सक्रिय बन्ने समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार