प्रदेश नं. ५ को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ

  पहिलोपेज

 255 पटक हेरिएको

बुटवल, २६ मंसिर । प्रदेश– ५ को प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । अघिल्लो अधिवेशन सकिएको करीब चार महिनामा हिउँदे अधिवेशन शुरु भएको हो ।

कानून निर्माणमा केन्द्रित हुने भनिएको यो अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ । त्यस्तै, चारवटा विधेयक प्रदेश सभामा दर्ता गरेको छ ।

बैठकको शुरुकै दिन प्रदेश– ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश– ५ मा संघसस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने कार्यसूची रहेको छ । त्यस्तै प्रदेशको नामकरण र स्थायी राजधानी सिफारिस गर्ने विशेष समितिको संयोजक चयन गरेको तथा विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सम्बन्धमा पनि सभामुखले प्रदेशसभालाई जानकारी गराउने कार्यक्रम रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार