प्रतिपक्षीलाई समेत विकासको रफ्तारमा प्रतिष्पर्धा गर्न मन्त्री मगरको आव्हान

  पहिलोपेज

 427 पटक हेरिएको

काठमाडौं, २३ मंसिर । खानेपानी मन्त्री बिना मगरले विकासको रफ्तारमा प्रतिष्पर्धा गर्न प्रतिपक्षीलाई समेत आव्हान गरेकी छन् । कञ्चनपुरको बेलौरीमा सञ्चालित प्रथम मेयरकम खुला फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले त्यस्तो आव्हान गरेकी हुन् ।

मन्त्री मगरले युवाहरूलाई खेलकुद सँगसँगै आर्थिक समृद्धिको यात्रामा समेत अगाडि बढाउनु पर्ने आवश्यकता औंल्याइन् । ‘‘हामी समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अगाडि बढिरहेका छौं । विकासको रफ्तारमा छौं । विकासमा प्रतिस्पर्धा गर्न प्रतिपक्षी लगायत सबै दलहरुलाई आव्हान गर्दछु’’, मन्त्री मगरले भनिन् । मगरले कञ्चनपुरको बेलौरीलाई भन्सार नाकाका रूपमा सञ्चालन गर्नका लागि पहल भइरहेको पनि जानकारी दिइन् ।

प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि बैशाखी बेलौरीले कैलाली खेलकुद विकास समितिको टिमलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । बिजेता र उपविजेता टिमका खेलाडीहरुलाई मन्त्री मगरले ट्रफी र नगदसहित पुरस्कृत गरेकी थिइन् ।

बेलौरी नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले नगद रू. १ लाख १५ हजार १ सय १५ र उपविजेता टिमले रू. ६६ हजार ६ सय ६६ नगद हात पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार