दुईतिहाइको शक्तिशाली सरकारको प्रतिपक्षी चाहिँ रुझेको बिरालो : गजुरेल

  पहिलोपेज

 429 पटक हेरिएको

काठमाडौं, १६ मंसिर । नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले नेकपाको बहुमतको सरकारले नौ महिनामा महँगी, करको भार र असुरक्षा उपहार दिएको टिप्पणी गरेका छन् ।

नेता गजुरेलले दुईतिहाइको शक्तिशाली सरकार अभिशाप सावित भएको बताए । ‘नेपालको लागि दुईतिहाइको शक्तिशाली सरकार अभिशापजस्तै भयो’, उनले भने । उनले शक्तिशाली सरकारको प्रतिपक्षी चाहिँ रुझेको बिरालो जस्तै भएको बताए ।

पार्टीको केन्द्रीय बैठक लागि बुटवल आएका नेता गजुरेलले शनिवार बुटवलमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा भने, ‘समृद्ध नेपाल र सुखी नेपाली’को भुलभुलैयामा चुनाव जिते, त्यसको सट्टा सरकारले महँगी, कर र असुरक्षा उपहार दियो । आजको नागरिक दैनिकले समाचार लेखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार