राजमोनिकट महिला संघको जिल्ला सम्मेलन पुसमा

  पहिलोपेज

 594 पटक हेरिएको

काठमाडौं, १५ मंसिर । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ दाङको जिल्ला सम्मेलन आगामी पुस ३ र ४ गते लमहीमा हुने भएको छ । जिल्ला सम्मेलनको लागि तुलसीपुर उपमहानगर समितिले तयारी कार्यक्रम तर्जुमा गरेको छ ।

नगर अध्यक्ष निमा रेग्मीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष उपस्थितिमा बसेको बैठकले जिल्ला सम्मेलन सम्पन्न गर्नको लागि स्थानीय संगठनहरुको गठन तथा पुनर्गठन गर्ने, सदस्यता वितरण गर्ने र धेरै भन्दा धेरै महिला कार्यकर्ताहरुलाई सम्मेलनमा सहभागी गराउने योजना बनाएको नगर सचिव शान्ता खनालले जानकारी दिइन् ।

उक्त सम्मेलनमा जिल्लाभरिबाट ठूलो संख्यामा महिलाहरु उपस्थित गराई महिला हिंसा र उत्पीडनका विरुद्ध आवाज उठाउनुका साथै प्रदर्शन समेत गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार