१ लाख पुरस्कार भएको इन्टर कलेज प्लसटु फुटसल प्रतियोगिता हुने

  पहिलोपेज

 333 पटक हेरिएको

काठमाडौं, १२ मंसिर । राजधानीमा विगत १० वर्षदेखि निरन्तररुपमा शिक्षा, मनोरन्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगिता, फेशन सो लगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं, ललितपुर तथा भक्तपुरका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै अन्तर कलेज प्लसटु फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

उक्त प्रतियोगितामा सहभागिताको लागि कक्षा ११ वा १२ मा अध्ययनरत छात्रहरुको ८ जनाको समूहले सिजन मिडियाको कार्यालयमा आएर आवेदन फारम भर्न सकिने व्यवस्था रहेको संस्थाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले जानकारी दिइन् । उक्त प्रतियोगितामा प्लसटुमा अध्ययनरत विद्यार्थीहरुले कलेजको परिचयपत्र तथा एकप्रति पासपोर्ट साइजको फोटो र रु. ७ हजार रुपैयाँ तिरेर पुस २० गतेसम्म आफ्नो कलेजको फुटसल टिम दर्ता गर्न सक्नेछन् । उक्त प्रतियोगिताको उद्घाटन पुस २३ गते हाँडीगाउँस्थित धर्नाेन्तरी फुटसल मैदानमा हुने र एकहप्तासम्म सञ्चालन हुनेछ ।

उक्त प्रतियोगीतामा ६० देखि ७५ कलेजका खेलाडीहरुको सहभागिता हुनेछ भने प्रथम हुनेले १ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले रु ५० हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् भने तृतीय हुने टिमले रु २५ हजार नगद साथै ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । उक्त प्रतियोगितामा बढी गोल गर्ने उत्कृष्ट खेलाडीहरुलाई पनि रु. ५ हजार नगद तथा सम्मानपत्र प्रदान गरिने आयोजाक संस्थाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार