शे–फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किए उपराष्ट्रपति (फोटोफिचर)

  पहिलोपेज

 334 पटक हेरिएको

काठमाडौं, १२ मंसिर । ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’ चल्दै गर्दा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शे–फोक्सुण्डो ताल र रारा लगायतका पर्यटकीय क्षेत्र प्रवद्र्धन कार्यक्रममा भाग लिएका छन् । उनले दुई दिने कर्णाली भ्रमणको क्रममा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै कर्णालीको समृद्धिको लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए ।

उपराष्ट्रपति पुनले बुधबार बिहान डोल्पाको शे–फोक्सुण्डो तालको किनारामा आयोजित शे–फोक्सुण्डो पर्यटन प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रममा उनले शे–फोक्सुण्डो स्वर्गको परी भएको भन्दै भ्रमणका लागि सबैलाई अपिल गरे । ‘‘कर्णाली गरिब होइन धनी प्रदेश हो । आजको दुनियाँमा जोसँग प्राकृतिक स्रोत साधन छ, ऊ नै धनी हो’’, उनले भने, ‘‘कर्णाली धनी छ । स्वर्गको परी जस्तो शे–फोक्सोण्डो यहीं छ । सकेसम्म यसको सबैले भ्रमण गर्नुपर्दछ ।’’

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा कर्णाली पर्यटन वर्षले कर्णालीको पर्यटन प्रवद्र्धन हुने बताए । ‘‘अब कर्णालीलाई सबैले चिन्नेछन् । सबैको ध्यान कर्णालीमा केन्द्रित हुनेछन् । यहाँको भ्रमण गर्नेछन्’’, उनले भने, ‘‘कर्णालीलाई धेरैले अझै पिछडिएको, गरिब प्रदेश भनेर चिन्छन्, तर अब हामी पर्यटन विकासका माध्यमबाट कर्णालीलाई समृद्ध बनाउन चाहन्छौँ ।’’

कर्णाली भ्रमणको क्रममा मंगलबार साँझ मुगुको रारामा नेपाी सेनाको व्यारेकमा बसेका उपराष्ट्रपति पुनले अपरान्ह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको स्कूल अफ नर्सिङ अन्तर्गत स्नातक तह मिडआईफेरी र त्रिभुवन माध्यमिक विद्यालय झारजुवालाले सुरु गरेको आईएस्सी एजी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कर्णालीमा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल बन्नका लागि समृद्ध कर्णाली बन्नुपर्ने बताए । उनले कर्णालीको समृद्धिको आधार कृषि, पर्यटन र जडिबुटी भएको बताउँदै त्यसको प्रवद्र्धनमा विकास गर्नुपर्नेमा जोड दिए ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशका कानून तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, पर्यटन मन्त्री नन्दसिं बुढा सहभागी थिए । कर्णाली भ्रमणको क्रममा बुधबार बिहान शे–फोक्सुण्डोको जललाई शीरमा चढाएका उपराष्ट्रपति शे–फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किएका छन् । उनी कर्णाली प्रदेशको भ्रमणको लागि मंगलबार विहान जुम्ला प्रस्थान गरेका थिए ।

उपराष्ट्रपति पुनको कर्णाली भ्रमणका १८ तस्वीरहरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको स्कूल अफ नर्सिङ अन्तर्गत स्नातक तह मिडआईफेरी कार्यक्रमको उद्घाटन समारोहलाई संबोधन गर्दै उपराष्ट्रपति ।
त्रिभुवन माध्यमिक विद्यालय झारजुवालाले सुरु गरेको आईएस्सी एजि कार्यक्रमको उद्घाटनको क्रममा सहभागी हुँदै उपराष्ट्रपति ।
शे–फोक्सुण्डोबाट विदा हुँदै उपराष्ट्रपति ।
शे–फोक्सुण्डोमा उपराष्ट्रपति ।
शे–फोक्सुण्डोमा उपराष्ट्रपति ।
शे–फोक्सुण्डो पर्यटन प्रवद्र्धन कार्यक्रमलाई संबोधन गर्दै कर्णालीका मुख्यमन्त्री शाही ।
शे–फोक्सुण्डोमा स्थानीयहरुसँग सामूहिक तस्वीर खिचाउँदै उपराष्ट्रपति, मुख्यमन्त्री, कर्णाली प्रदेशका मन्त्रीहरु, प्रतिनिधिसभा सदस्य सत्य पहाडी लगायत ।
शे–फोक्सुण्डो पर्यटन प्रवद्र्धन कार्यक्रममा उपराष्ट्रपति, कर्णाली प्रदेशका मुख्यमन्त्री लगायत ।
शे–फोक्सुण्डो पर्यटन प्रवद्र्धन कार्यक्रमलाई संबोधन गर्दै उपराष्ट्रपति ।
शे फोक्सुण्डो तालमा धर्मपत्नीका साथ उपराष्ट्रपति ।
शे–फोक्सुण्डो ताल किनारामा कर्णाली प्रदेशका पर्यटनमन्त्री बुढासँग कुरा गर्दै उपराष्ट्रपति ।
बुधबार विहान डोल्पाको शे–फोक्सुण्डो तालको पानी शिरमा चढाउँदै उपराष्ट्रपति पुन ।
रारामा उपराष्ट्रपति पुन धर्मपत्नीका साथ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु सहित उपराष्ट्रपति रारामा ।
बुधबार विहान रारा नियाल्दै उपराष्ट्रपति पुन ।
रारामा ¥याफ्टिङमा उपराष्ट्रपति पुन ।
रारामा मंगलबार साँझ ¥याफ्टिङ गर्दै उपराष्ट्रपति पुन, कर्णालीका मुख्यमन्त्री शाही, पर्यटनमन्त्री नन्दसिंह बुढालगायत ।
रारामा मंगललबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, उनकी धर्मपत्नी हस्तमाली पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार