आउँछु म फर्केर भन्दाभन्दै नआएपछि यो जोडीको यस्तो कहालीलाग्दो खबर

  पहिलोपेज

 8537 पटक हेरिएको

काठमाडौं, ४ मंसिर । रोजगारीको सिलसिलामा लाखौं नेपालीहरु विदेश जाने र मृत्युको मुखमा पुग्ने हाम्रो नियति नै बनेको छ । धन आर्जनका लागि जोखिमयुक्त कामहरुमा लाग्ने र नेपालीले आफ्ना सारा सपनाहरु मृत्युको मुखमा बुझाउने अनगिन्ती श्रृंखलाहरुलाई गायक जीवन थापा मगरले आफ्नो गीतमा समेटेका छन् ।

‘आउँछु म फर्केर’ बोलको गीतमा आर्थिक अभावका कारण परिवारसँग बस्ने असीम चाहना हुँदाहुँदै पनि विदेशिनुपर्ने नेपाली विवशता र वाध्यतालाई यसमा झल्काइएको छ । आर्थिक अभावबाट मुक्ति पाउन विदेशिनुपर्ने नेपालीको कथा यसमा उनिएको छ । विदेश पुगेर धन कमाउन नसक्नेहरुका कथा त उस्तै होलान्, धन कमाउन सफल भएकाहरु पनि विभिन्न घटना र दुर्घटनाहरुमा परेर मृत्युको मुखमा पुग्नुपर्ने र पारिवारिक विछोडको कहालीलाग्दो यथार्थतालाई यो गीतले उजागर गरेको छ ।

गायक जीवन थापा मगरको सुरिलो स्वरमा सजिएको ‘आउँछु म फर्केर’ बोलको गीतमा विपिन थापा मगरले संगीत दिएका छन् । विशाल निरौलाले एरेञ्ज गरेको यो गीतको रचना गायक जीवन थापाले नै गरेका छन् । प्रकाश सपुत र रियशा दाहालको जीवन्त अभिनय रहेको ‘आउँछु म फर्केर’बोलको गीतमा करण चैसिरले छायाङ्कन गरेका छन् । प्रकाश सपुतको निर्देशन रहेको यो मर्मस्पर्शी गीतको म्युजिक भिडियो सम्पादन मनोज कार्कीले गरेका छन् ।

आउँछु म फर्केर (भिडियो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार