यौनइच्छा बढाउन चाहनुहुन्छ ? त्यसो भए खानुहोस् यी ८ तरकारी

  पहिलोपेज

 2004 पटक हेरिएको

एजेन्सी


मानिसहरुलाई थाहा नभएको हुनसक्छ कि यौनइच्छा बढाउन कतिपय तरकारी तथा सागसब्जीहरु पनि प्रभावकारी हुन्छन् । थाहा छैन भने थाहा पाउनुहोस् यौनइच्छा बढाउने तरकारीहरु के के हुन् ?

१. गोलभेंडा
गोलभेंडालाई रातो रङ्गमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहयोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।

२. पालुङ्गो
पालुङ्गोको साग नियमित सेवन गर्नाले यौन क्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रवाह समेत बढाउने गर्दछ ।

३. भिण्डी
भिण्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंक तत्वहरु पाइन्छ । यसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि गर्दछ ।

४. प्याज
प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौनइच्छा प्रबद्र्धन गर्न सहयोग गर्छ ।

५. ब्रोकाउली
ब्रोकाउलीमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि गर्नुका साथै समग्र स्वास्थ्यमा लागि लाभदायी हुन्छ ।

६. लसुन
लसुनमा कामोत्तेजक गुण हुन्छ, जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।

७. गाजर
गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । यसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।

८. गान्टेमुला
यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग गर्छ । त्यसैगरी यौन स्वास्थ्यमा सुधार ल्याउन पनि मद्दत गर्छ ।

यसका अलावा खानामा बिशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार