राप्रपाले जनसंघर्षका कार्यक्रम सफल बनाउन यस्तो गर्यो निर्णय

  पहिलोपेज

 83 पटक हेरिएको

काठमाडौं, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुन ७ गतेबाट शुरु गर्ने जनसंघर्षका कार्यक्रमहरुलाई सफल बनाउन अहिलेदेखि नै गृहकार्य थालेको छ । राप्रपाका केन्द्रीय प्रचार विभाग सदस्य शशि भण्डारीका अनुसार पार्टीले निर्देश गरेअनुरुप फागुन ७ गतेबाट सञ्चालन हुने जनसंघर्षका कार्यक्रमलाई सफल बनाउने निर्णय गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको संयोजित संगठन विभागको आयोजनामा पार्टीका केन्द्रीय सदस्य, सबै विभागका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा संयोजित संगठन विभागका प्रमुख सुशील श्रेष्ठको अध्यक्षतामा भएको बैठकले त्यस्तो निर्णय गरेको हो ।

जनसंघर्षको कार्यक्रमको तयारीका लागि मंसिर ७ गते हुने उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई भव्यरुपमा सम्पन्न गर्न पनि जिम्मेवारी दिइएको छ । सबै जनवर्गीय संगठन, विभाग तथा उपत्यकाका तीनवटै जिल्ला कार्य समितिलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार