शिक्षकहरुलाई पेशागत सीप बढाउनका लागि यस्तो तालिम

  पहिलोपेज

 537 पटक हेरिएको

दाङ, १३ । शिक्षकहरु आन्दोलनमा उत्रिएको र राजनीति गरिएको त सबैलाई थाहै छ । तर, अखिल नेपाल शिक्षक संघले भने शिक्षकहरुलाई पेसागत सीप विकास गर्नका लागि तालिम दिएको छ ।

संघको तुलसीपुर नगर कमिटीले तुलसीपुरस्थित हाम्रो पहुँच स्कुलमा एकदिने तालिमको आयोजना गरेको हो । अखिल नेपाल शिक्षक संघ तुलसीपुर नगर कमिटीका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षता एवं अखिल नेपाल शिक्षक संघ दाङका अध्यक्ष भानु जीएमको प्रमुख आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको थियो ।

तालिममा अंग्रेजी विषयका वरिष्ठ प्रशिक्षक रामहरि रिजालले अंग्रेजी शिक्षण, अखिल नेपाल बुद्धिजीवी संघका पूर्व महासचिव शशिधर भण्डारीले इतिहास, साहित्य र संस्कृति, डा.लोकराज पराजुलीले प्राकृतिक चिकित्सा विज्ञानको विषयमा प्रशिक्षण दिएका थिए ।

त्यसैगरी प्रमुख अतिथि भानु जीएमले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै शिक्षकहरुको मुख्य दायित्व प्रभावकारी ढंगले शिक्षण गरी शैक्षिक गुणस्तर कायम गर्नु भएकोले शिक्षकका कुनै पनि संगठनले नगरेको पेसागत सीप विकास तालिम दिएर नयाँ काम गरेको दावी गरे । तालिममा सहभागी प्रशिक्षक एवं प्रशिक्षार्थीहरुलाई संघका जिल्ला सदस्य शिव पुनले स्वागत गरेका थिए भने तालिमको सहजीकरण डिआर भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार