दाङमा समातिए ३८ जना जुवाडे, ५ लाखभन्दा बढी बरामद

  पहिलोपेज

 572 पटक हेरिएको

काठमाडौं, १० कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले गत असोज २ गतेदेखि कार्तिक १० गतेसम्म जुवातास विरुद्ध सञ्चालन गरेको अभियानका क्रममा जम्मा ३८ जना जुवाडेहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार जुवाडेहरुबाट जम्मा ५ लाख २९ हजार ७ सय ८५ रुपैयाँ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र त्यस मातहतका कार्यालयहरुबाट जुवातास विरुद्ध चलाइएको अभियानका क्रममा जुवाडेहरु पक्राउ पर्नुका साथै नगद बरामद गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार