रेखा थापा र लय संग्रौलालाई हरितारा चलचित्र पुरस्कार

  पहिलोपेज

 734 पटक हेरिएको

काठमाडौं । नायिका रेखा थापा र अभिनेता तथा निर्देशक लय संग्रौलालाई यस वर्षको “हरितारा चलचित्र पुरस्कार” दिने घोषणा गरिएको छ । पुरस्कारका संरक्षक मनोजशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले यस वर्ष थापा र संग्रौलालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै, डेढ दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनय, कला र निर्माणमार्फत नेपाली चलचित्र क्षेत्रको संरक्षणमा योगदान पु¥याएवापत नायिका थापालाई “हरितारा चलचित्र पुरस्कार– २०७५” प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ । पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।

तीन दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा पु¥याएवापत संग्रौलालाई पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै, परिवर्तन नेपालको कार्यसमितिको बैठकले तीन दशकदेखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याएवापत अभिनेता उत्तम केसीलाई र नेपाली रंग पत्रकारितामार्फत योगदान पु¥याएबापत विजयरत्न तुलाधरलाई “श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार” प्रदान गर्र्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ ।

यस्तै, अभिनेता तथा निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई “परिवर्तन सम्मान–२०७५”बाट सम्मान गरिने भएको छ । पुरस्कार तथा सम्मान तिहारको लगत्तै एक समारोहबीच प्रदान गरिने परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार