मालिकामा यस्तो बोल्ड देखिइन् जाजरकोटको कालेगाउँकी कमला

  पहिलोपेज

 19544 पटक हेरिएको

काठमाडौं, १५ असोज । कहिल्यै फिल्म नहेरेकी जाजरकोटको एउटा दुर्गम गाउँकी कमला वली । गाडी कहिल्यै नचढेकी र अभिनय कहिल्यै नसिकेकी कमला वली । हो, उनै कमला वली अहिलेकी चर्चित नायिका रेखा थापा निर्देशित चलचित्र मालिकाकी मुख्य नायिका बनेकी छन् ।

भर्खरैमात्र युट्युवमार्फत सार्वजनिक गरिएको चलचित्र मालिकाको ट्रेलर यतिबेला चर्चाको शिखरमा छ । ट्रेलर सार्वजनिक भएसँगै यसले उठाएको विषयवस्तु र दिन खोजेको सन्देश तथा यसमा अभिनय गरेकी मुख्य पात्र कमला वली पनि त्यत्तिकै चर्चाका शिखरमा छन् । ट्रेलरको अधिकांश समयमा कर्णालीकी उनै कमला वली छाएकी छन् । अभिनयको “अ”समेत थाहा नपाएकी कमलाको अभिनय चारैतिर प्रशंसाको विषय पनि बनेको छ ।

बालविवाहविरुद्धको देशव्यापी अभियानअन्तर्गत नायिका रेखा र अभियन्ता नरबहादुर कार्कीले मालिकाका लागि नायिका खोज्ने क्रममा भेरी नगरपालिका— १ कालेगाउँकी कमलालाई भेटेका थिए । नायिका खोज्दै जाजरकोटकै नलगाड नगरपालिका पुगेर फर्किने क्रममा आफ्नै काममा व्यस्त देखिएकी १५ वर्षीया कमलासँग जीवन रूपान्तरणका प्रशिक्षक नरबहादुर कार्कीको भेट भएको थियो । मालिकाका कार्यकारी निर्माता कार्कीको नजरमा कालेगाउँकी कमला परेपछि उनका अभिभावकसँग कुरा गरेका थिए । शुरुमा कमला र उनका आमाबाबुले त मानेका थिएनन् तर गाउँका अगुवाहरुले सम्झाएपछि कमला र अभिभावक सहमत भएका थिए ।  सामाजिक कुरीतिका रूपमा व्याप्त बालविवाहलाई अभिनयको माध्यमबाट हटाउने अभियानमा लाग्ने अठोटसहित राजधानी छिरेकी कमलाको जीवन्त अभिनय रहेको नायिका तथा निर्देशक रेखा थापाले बताइन् । नेपालका अन्य जिल्लाको तुलनामा कर्णाली प्रदेशमा बढी बालविवाहको दर भएको हुनाले जाजरकोटबाटै फिल्मको मुख्य पात्र खोजिएको नायिका रेखाको भनाई रहँदै आएको छ । चलचित्रमा जाजरकोटको कालेगाउँकी कमलाको मुख्य र जीवन्त भूमिका रहेको ट्रेलरबाटै पनि प्रष्ट भएको छ ।

हेरौं कमलाका शुरुदेखि अहिलेसम्मका तस्वीर र ट्रेलर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार