विराटनगर महानगरपालिकामा टेलिफोन अवरुद्ध

  पहिलोपेज

 190 पटक हेरिएको


विराटनगर, १५ असोज । विराटनगर महानगरपालिकामा यही असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ ।

शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको छ । लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाले जानकारी दिनुभयो ।

नाला बनाउने क्रममा ३०० लाइन र ९०० लाइनका दुई संरचना ध्वस्त भएकाले सो क्षेत्रमा वितरित ७०० टेलिफोन अवरुद्ध भएको प्राविधिक खतिवडाले बताइएको छ । टेलिफोन अवरुद्ध भएपछि सञ्चार क्षेत्रमा कार्यरत कार्यालयलाई निकै समस्या भएको छ । प्राविधिक खतिवडाले ध्वस्त संरचना तयार गर्न लगभग दुई महिना लाग्ने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार