मालिकाको सम्वादै यस्तो घतलाग्दो : ट्रेलरका डाइलग सुन्ने कि ?

  पहिलोपेज

 3014 पटक हेरिएको

काठमाडौं, १३ असोज । चर्चित नायिका रेखा थापा निर्देशित चलचित्र मालिकाको ट्रेलरमा सार्वजनिक गरिएको छ । ट्रेलरको छोटो आयामभित्रै पनि अत्यन्त घतलाग्दा सम्वादलाई दर्शक/स्रोताले रुचाएका छन् ।

हिजोमात्रै सार्वजनिक गरिएको मालिकाको ट्रेलर ट्रेण्डिङमा आएको छ । यो समाचार तयार पार्दासम्म झण्डै २ लाख दर्शकहरुले हेरिसकेका छन् । अहिले मालिकाको ट्रेलर ट्रेण्डिङ २८ मा आइसकेको छ ।

टे«लरका अन्य पक्ष उत्तिकै सबल छन् नै यसमा समेटिएका सम्वाद विशेष रुचाइएका छन् । युट्युवमा दर्शकस्रोताहरुका अत्यन्त सकारात्मक कमेण्टहरु आएका छन् । धेरैले यसमा सुनिएका सम्वादलाई धेरै मन पराएका छन् । “डर निर्धा र निर्धनको होइन, डर त यहाँ शिक्षित र सम्पन्नताको खोल ओढ्नेहरुको छ”, “पहिले मान्छे बनेर देखाऊ, छोरी मान्छे त्यसपछि बन्ने”, “आफन्त ती होइनन्, जो तिमी रोएको बेला आउँछन्, आफन्त ती हुन् जसले तिमीलाई रुन दिँदैनन्”, “डरको आँखामा यसरी आँखामा आँखा जुधाएर हेर ताकि डर पनि तिमीसँग डराउन थालोस्” जस्ता गहन र वजनदार अर्थ बोकेका सम्वादले चलचित्र मालिकाको गम्भीरतालाई झल्काएका छन् ।

हेरौं ट्रेलर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार