८० देशका खानेपानी मन्त्रीका सामु यसो गर्दैछिन् मन्त्री बिना मगर

  पहिलोपेज

 482 पटक हेरिएको

नयाँ दिल्ली, १३ असोज । खानेपानी मन्त्री बिना मगरले ८० देशका खानेपानी तथा सरसफाई मन्त्रीका सामु नेपालको तर्फबाट सरसफाईको क्षेत्रमा भइरहेको प्रगतिको बारेमा प्रस्तुति राख्दैछिन् ।

शनिबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा मन्त्री मगरले नेपालको तर्फबाट खानेपानी तथा सरसफाईको क्षेत्रमा भएको प्रगतिहरुको विषयमा बोल्ने बताइएको छ ।

महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन नेपालको तर्फबाट खानेपानी मन्त्री मगरको नेतृत्वमा एक टोली हिजो नयाँ दिल्लीतर्फ प्रस्थान गरेको हो । सम्मेलनमा खानेपानी मन्त्री सहित खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक सुनिलकुमार दास समेत सहभागी छ् । उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागी हुँदैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार