कुवेतमा साहुको छोराद्वारा छुरी हानेर पेशलमायाको हत्या (सक्दो शेयर गरी यो सन्देश परिवारसम्म पुराउन सहयोग गरौं)

  पहिलोपेज

 22921 पटक हेरिएको

काठमाडौं, ९ असोज । कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि पुगेकी सुनसरीकी ४५ बर्षीया पेशलमाया राईको कुवेती साहुको छोराले छुरी प्रहार गरी हत्या गरेको छ । राहदानी नं. ०६५५६१९६ र नेपाली नागरिकता नं. २४८०९ (सुनसरी) रहेकी पेशलमाया राईको ३ अगस्ट २०१८, शुक्रबारका दिन आफूले काम गर्ने घरकै साहुका छोराले छुरा प्रहार गरी हत्या भएको बताइएको छ ।

छुरा प्रहार गर्ने साहुका छोरा कुवेती नागरिक भने जेलमा रहेको बताइएको छ । त्यहाँको प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपाली दूताबास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरले मृतकको आफन्त अनि घरपरिवारसँग सम्पर्क हुन नसक्दा शव पठाउन र अन्य कानुनी प्रक्रिया शुरु गर्न नसकिएको बताए । मगरले भने, “आफ्नै कुवेती मालिकको छोराबाट छुरी प्रहार गरी पेशलमाया राईको हत्या भएको प्रमाणित भइसकेको छ र हत्या गर्ने मालिकको छोरो हाल कुवेतको जेलमा छन् ।” मृतक पेशलमाया राईको परिवार वा आफन्तहरु कसैसँग पनि सम्पर्क हुन नसकेको हुँदा शव पठाउने तथा मृतकको परिवारले पाउने क्षतिपूर्ति लगायत अन्य कानुनी प्रक्रिया शुरु हुन सकेको छैन ।”

द्वितीय सचिव मगरले यसै समाचारमार्फत मृतक पेशलमाया राईको परिवार वा आफन्तहरुलाई नेपाली दूतावास कुवेतको सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

मृतक पेशलमाया राई विस २०७० भदौ ४ गते व्यक्तिगत भिसामा कुवेतका लागि घरेलु महिला कामदारमा श्रम स्वीकृति लिएर कुवेत आएको रेकर्डमा देखिएको छ । राहदानी जारी मिति २७ जुन, २०१३ (सुनसरी) र जन्ममिति १९७३ नोभेम्बेर १२ रहेकी पेशलमाया राईलाई चिन्नु हुनेले उनको परिवार वा आफन्तहरुसम्म यो सूचना प्रवाह गरिदिन दूतावासले अनुरोध गरेको छ । नेपाली दूतावास कुवेतको हटलाइन नं. ००९६५–९८८६९१२१ मा सम्पर्क गरिदिनु हुन नेपाली दूतावास कुवेतले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार