साउदी अरबमा काम गर्न जाने नेपालीको न्यूनतम ज्याला बढ्यो

साउदी अरबमा काम गर्न जाने नेपालीको न्यूनतम ज्याला बढेको छ ।

अब साउदी जाने नेपाली कामदारले मासिक न्यूनतम ज्याला न्यूनतम १००० रियाल (३० हजार रुपैयाँ) र खाना भत्ता ३०० रियाल (९ हजार रुपैयाँ) पाउने छन् । त्यस्तै अधिकतम ज्याला ११००० रियाल (३ लाख ३० हजार रुपैयाँ) र खानाभत्ता ५०० रियाल (१५ हजार रुपैयाँ) पाउनेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा सरकारले न्यूनतम ज्याला बढाएर प्रस्ताव पारित गरेको हो । यसअघि न्यूनतम ज्याला ८०० रियाल र खाना भत्ता २०० रियाल रहेको थियो। साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ ।

सरकारको यो निर्णयपछि साउदी जाने अदक्ष नेपाली कामदार समेत लाभान्वित हुने छन् । अब यसलाई राजपत्रमा प्रकाशित गरी सोही मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणिकरण हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार