प्रचण्ड र मोदी आमनेसामने, प्रचण्डलाई मोदीले के दिए वचन ?

  पहिलोपेज

 328 पटक हेरिएको

काठमाडौं, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”बीच १ घण्टा लामो कुराकानी भएको छ । उक्त कुराकानीमा नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् ।

शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन पनि दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको समेत बताए ।

“दुई नेताबीच नेपाल–भारत सम्बन्धमा भएका प्रगति र आपसी हितका विभिन्न इस्युमा छलफल भयो । प्रधानमन्त्रीले प्रचण्डसँग भएका विगतका संवाद स्मरण गर्नुभयो र नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गर्नुभएको मूल्यवान योगदानप्रति प्रचण्डलाई धन्यवाद दिनुभयो”, भेटवार्तापछि मोदीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उच्च तहमा भएको अन्तत्र्रिmयाबाट नेपाल–भारत सम्बन्धले उच्चतम गतिमा बढावा प्राप्त गरेको छ ।”

बिहीबार औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रचण्डले प्रधानमन्त्री मोदीसँग शनिबार शिष्टाचार भेट गरेका हुन । मोदी निवास ७ लोककल्याणमार्गमा करिब १ घन्टा लामो भेटवार्ता भएको थियो । प्रचण्डको सचिवालयका अनुसार वार्तामा नेपाल र भारतका प्रधानमन्त्रीको आपसी भ्रमण, बिमस्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावनाबारे छलफल भएको थियो । ३१ भदौ ०७३ मा प्रधानमन्त्रीका रूपमा प्रचण्डको पछिल्लो राजकीय भारत भ्रमण स्मरण गर्दै मोदीले त्यस बेला भएका सहमति कार्यान्वयन हुने पनि उल्लेख गरेका छन् । यो खबर आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार