आजको राशिफल : कस्तो छ तपाईंको भाग्य ? एकपटक अवश्य हेर्नुहोस्

  पहिलोपेज

 119 पटक हेरिएको

श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र १६ गते शनिबार, १ सेप्टेम्बर २०१८ । भाद्र कृष्णपक्षको षष्ठी तिथि १८ः१८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र भरणी १९ः०६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः४३ र सूर्यास्त ६ः२३ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । सामाजिक कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय मध्यम्खालको छ । आरम्भ गरेको काममा बिघ्न बाधाहरु आइपर्न सक्ला । विश्वासपात्रबाट धोका होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । मिष्ठान्न भोजन प्रँप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्ष्ँेत्रमा तपाईंको उच्च स्थान रहला । लाभदायी यात्रामा सरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । आफ्नोभन्दा अरुको काममा बढी समय दिनुपर्ला । घरपरिवारबाट छुट्टिएर बस्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्ला । सानो काममा ठूलै धनराशि खर्च होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्रात हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा गर्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धातु तथा वाहनसम्बन्धी काममा रुची बढ्नेछ । महिला मित्रको सहयोग प्राप्त भइरहला । शुभसमाचार सुन्नमा आउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा रुची बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार