“निराशालाई आशामा बदल्ने काम प्रधानमन्त्रीको हो कि प्रेसको ?”

प्रेस र स्वतन्त्र न्यायपालिकाबिनाको हुकुमी शासन चलाउने कल्पना : कांग्रेस

  पहिलोपेज समाचारदाता

 455 पटक हेरिएको

काठमाडौं, १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ । राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका बिना हुकुमी शासन चलाउने कल्पना नगर्न सरकारलाई सचेत गराएका हुन् ।

कानुनको शासनबाट मुलुक चलाउनका लागि स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायापालिका हुनु जरुरी रहेको भन्दै अधिकारीले चेतावनी दिए, “हुकर्मी शैलीमा मुलुकको शासन प्रणाली सञ्चालन हुन सक्दैन ।” सांसद अधिकारीले ७ सय ६१ वटा सरकारलाई हुकुमी शासनको शैली र तजबीचको आधारमा चलाउन खोजिए संघीयता नै असफल हुने ठोकुवा गरे । कानुनको सही पालना गरी कानुनका आधारमा अघि बढ्न पनि अधिकारीले सरकारलाई सचेत गराएका छन् ।

हालै सामाजिक सञ्ञ्जालमा प्रधानमन्त्रीको अनुहारलाई विरुप बनाएर केही टाँसेर छापिएको र त्यसलाई शेयर गरेका कारणले केही व्यक्ति साइबर क्राइममा पक्राउ गर्ने काम भएको भन्दै अपराध र सामान्य व्यङ्ग्यलाई छुट्याउन सरकारको ध्यानाकर्षण गराए । उनले सार्वजनिक पदाधिकारीहरुको व्यङ्ग्य हुने भन्दै कुन स्थानसम्म व्यङ्ग्य र कुन स्थानसम्म अपराध भन्ने कुराको ठहर गरिनुपर्ने बताए । प्रेसले हाम्रा विरुद्धमा धेरै कानुन कसिकसाउ भएर आउँदै छन् भनिरहेका बेला भएको यस्तो कामले प्रेस आत्तिएको भन्दै उनले प्रेसलाई संकुचन र न्यायालयलाई नियन्त्रणमा राखेर शासन चल्न नसक्ने दाबी गरे ।

प्रधानमन्त्रीले सम्पादकहरुलाई बोलाएर निराशाका कुरा नलेख्दिन गरेको आग्रहप्रति सांसद अधिकारीले तिखो व्यङ्ग्य गरे, “पत्रकारले निराशाको स्थिति सिर्जना गराएको हो ? ६ महिनामा यति त प्रधानमन्त्रीज्यूलाई रियलाइज भएछ कि निराशा देशमा बढ्दै छ । निराशालाई आशामा बदल्ने काम प्रधानमन्त्रीको हो कि प्रेसको हो ?”

उनले विप्लव समूहका खड्गबहादुर विश्वकमा “प्रकाण्ड”लाई पटकपटक नियन्त्रणमा लिनु, अयोग्य लडाकुलाई बाहिर जानबाट रोक्नु तथा कञ्चनपुरको हालैको घटनाले मुलुकको मानवअधिकारको स्थिति उजागर गरेको र त्यसले जनतामा निराशा बढाईरहेको दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार