८ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सकियो

यूके/ युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । सम्मेलन यही अगष्ट १२ तारिखका दिन अायोजना गरिएकोथियो ।

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजन र यूकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो ।

युकेका लागि नेपालका राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदी, वरिष्ठ कवि तुलसी दिवस, बरिष्ठ समालोचक प्राडा. गो विन्दराज भट्टराई केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले सयुक्त रुपमा दीप प्रज्वलन गरी उदघाटन गरेका थिए ।

ब्यवस्थापन संयोजक तथा केन्द्रीय सचिव केदार सुनुवार संकेतले सम्मेलनमा सहभागी सबैलाई स्वागत गरे । नेपाल सरकारका प्रतिनिधि राजदूत सुवेदीले यूकेमा अहिलेसम्म भएका २० राजदूतहरु मध्ये साहित्य कर्मगर्ने आफू दोस्रो राजदूत भएको खुलासा गर्दै सम्मेलनको सफलताको कामना गरेका थिए ।

यस्तै अर्का प्रमुख अतिथि कवि दिवसले नेपाल भित्र बोलिने सम्पूर्ण भाषाहरुको साहित्य नेपाली साहित्य भएको बताए ।

कार्यक्रममा विभिन्न ५ शीर्षकमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । जर्मन प्रोफेसर बी सेन्लरले पल्पसा क्याफे उपन्यास र बुद्धत्व सम्बन्धमा एक कार्यपत्र प्रस्तुत गरे । प्रा. भट्टराईले विश्व साहित्यमा नेपाली साहित्यको स्थान सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली साहित्यका कृतिहरु पुगेका लाइब्रेरी संख्याको तथ्याङ पस्किएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार