शान्तिपूर्ण कार्यक्रममा कांग्रेस कार्यकर्ता पसेपछि…

पहिलोपेज

काठमाडौं, ५ साउन । डा. गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा भएको कार्यक्रममा कांग्रेसको युवा संगठन तरुण दलका कार्यकर्ताको प्रवेशसँगै तनाव भएको छ । कुनै पनि दल वा संगठनको झण्डा नलिई शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरे पनि तरुण दल उक्त कार्यक्रममा आफ्नो झण्डासहित उपस्थित भएको थियो ।

माइतीघरबाट नयाँ बानेश्वरसम्म भएको र्यालीपछि कार्यक्रम जारी रहँदा एभरेस्ट होटलतर्फबाट तरुण दलका कार्यकर्ता सभास्थलमा प्रवेश गर्न खोजेका थिए । उनीहरूलाई रोक्न प्रहरीले बल प्रयोग गर्दा सभास्थलमा समेत तनाव भएको हो । नागरिक अगुवा कृष्ण पहाडीले सम्बोधन गरिरहँदा प्रहरीले अर्को तर्फबाट आएका तरुण दलका कार्यकर्तालाई तितरबितर पारेको थियो ।

“हामीलाई केही हुँदैन । शान्त रहनुहोला” भन्दै पहाडीले सभाका सहभागीलाई अनुरोध गरेका थिए । प्रहरीले तरुण दलका कार्यकर्तालाई भगाउन बल प्रयोग गरे पनि केसीको समर्थनमा जारी कार्यक्रममा भने असर परेको छैन ।

प्रकाशित मिति : शनिवार, साउन ०५, २०७५ समय : १६:५८:३५ 161 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi