सत्तारुढ दलकै नेता आन्दोलनकारी बनेर प्रधानमन्त्री ओली र प्रचण्डको गरे सत्तोसराप

पहिलोपेज

काठमाडौं, ५ साउन । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गोविन्द केसीविरुद्ध अभिव्यक्ति दिँदै आन्दोलनकारीविरुद्ध प्रतिकारमा उत्रिन भने पनि नेकपाका एक नेताले विद्रोह गरेका छन् । उनी डा. गोविन्द केसीको पक्षमा भएको आन्दोलनमा पुगेर प्रधानमन्त्री ओली र प्रचण्डलाई नै सत्तोसराप गरेका थिए ।

नेकपाका केन्द्रीय सदस्य गौतम राईले गोविन्द केसीको पक्षमा आयोजित आन्दोलनमा सहभागीमात्र भएनन् आफ्नै अध्यक्षद्वयको कडा निन्दा गरेका थिए । “दश वर्ष जनयुद्ध गर्ने प्रचण्ड कामरेड, १५ वर्ष जेल बसेका ओली कामरेड, त्यो हिजोको दुखान्त नाटक थियो । जनताको पक्षमा थिएन”, सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य राईले भने, “यो आन्दोलन चाहिँ यथार्थ धरातल हो ।”

उनले डा. गोविन्द केसीले उठाएका माग जनताको जन्मसिद्ध अधिकारको माग भएको दावी गर्दै पार्टीभित्र पनि यस विषयलाई लिएर संघर्ष गर्ने बताए ।

प्रकाशित मिति : शनिवार, साउन ०५, २०७५ समय : १५:१७:३९ 1222 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi