बालुवाटार : प्रधानमन्त्रीको निवास हो कि पार्टीको मुख्यालय ?

पहिलोपेज

काठमाडौं, ३ साउन । तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो ।

त्यसपछि असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो । फेरि नियमावली परिमार्जन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाकिएको थियो । अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो ।

सत्ताको नेतृत्व गरेका नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरेको यो विषय नौलो भने होइन । आजको नागरिक दैनिकले यो समाचार छापेको छ ।

प्रकाशित मिति : बिहिवार, साउन ०३, २०७५ समय : ९:२७:४४ 182 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi