तुलसीपुरमा चिउरीका बिरुवा बितरण सुरु

पहिलोपेज

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाका सामुदायीक बनहरुलाई लक्षित गरेर मंगलबार देखि चिउरीका बिरुवा बितरण सुरु गरिएको छ । उपमहानगरले सुरु गरेको सुन्दर र हरियाली तुलसीपुर अभियान अन्र्तगत चिउरीका बिरुवा बितरण सुरु गरिएको हो । नगर प्रमुख घनश्याम पाण्डेले सामुदायीक बन उपभोक्ता महासंघ तुलसीपुर नगर समितिका उपाध्यक्ष खेमलाल महतरालाई बिरुवा हस्तान्तरण गरेका हुन् ।

सामुदायीक बन, नीजि तथा पारिवारीक बन र अन्य ब्यक्तिगत नर्सरीहरुलाई समेत निःशुल्क रुपमा बिरुवा बितरण गरिने प्राकृतिक श्रोत संरक्षण केन्द्र नेपाल दाङका अध्यक्ष भीम बहादुर खत्रीले बताए । यहाँका माहुरी ब्यवसायीहरु सँग समन्वय गरेर सामुदायीक बनहरुमा पाँच हजार चिउरीका बिरुवा रोप्ने कार्यक्रम रहेको उनले बताए ।

चिउरी बहुउपयोगि बिरुवा भएकाले यसबाट सामुदायीक बनहरुले धेरै फाइदा लिन सक्ने मेयर पाण्डेले बताए । चिउरीको पात देखि फल, फूल, बिजुला लगायत सबैलाई प्रयोगमा ल्याउन सकिने भएकाले यसबाट सामुदायीक बनहरुले राम्रो आम्दानी गर्न सक्ने मेयर पाण्डेले बताए ।

सो अवसरमा बन विज्ञ लिला पौडेल, उपमहानगरपालिकाका वाताबरण शाखा अधिकृत टोप बहादुर डाँगी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा दिगो विकासकालागि प्राकृतिक श्रोत संरक्षण केन्द्र नेपाल दाङका सचिव नारायण भण्डारीले चिउरीका बिरुवा निःशुल्क बितरण गरिने र संरक्षणमा उत्कृष्ट हुने सामुदायीक बनलाई सम्मान गरिने जानकारी गराएका थिए ।

प्रकाशित मिति : मङ्गलवार, साउन ०१, २०७५ समय : १८:०६:२८ 183 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi