दाङमा हर्वल साबुन लन्च, मुनाफाको डेढ प्रतिशत रकम सामाजिक काममा

पहिलोपेज

३२ असार ।

काठमाण्डौंबाट उत्पादन भएको हर्वल साबुनको सोमबार दाङको तुलसीपुरमा लन्च गरिएको छ । निशान्त ट्रेड लिङ्कले उत्पादन गरेको एरोन हर्वल साबुनको रिपोर्टर्स क्लव तुलसीपुरमा एक कार्यक्रमका बीच लन्च गरिएको हो । युवाहरुको लगानीमा सञ्चालित उद्योगले उत्पादन गरेको सो सावुनलाई दाङमा रहेको हेल्प नेपालले बजारिकरण गरेको छ ।

साबुनको तुलसीपुर उधोग बाणिज्य सङघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसे, राप्ती बबई बहुमुखी क्याम्पसका अध्यक्ष मिनराज वली लगायतले लन्च गरेका हुन् । साबुनको मुख्य बजार पश्चिम नेपालमा भएकाले दाङमा कार्यक्रम गरेर साबुन लन्च गरिएको कम्पनीका प्रबन्धक प्रेमराज लामाले जानकारी दिए ।

तस्विर : शरद रेग्मी

आफूहरुले उत्पादन गरेको साबुनले छाला सम्बन्धी समस्या (दाद, दुवी, एलर्जी, घाउ, खटिरा, घमौरा आदी) मा उपयोगी हुने उनले दावी गरे । साबुन बोसो रहित भएका कारण स्वाथ्यमा यसले कुनै असर नगर्ने उनले बताए ।

एक सय ग्राम साबुनको खुद्रा मुल्य एक सय रुपैयाँ रहेको र सबै किराना, कस्मेटिक पसल तथा मेडिकलहरुमा पाइने बजार ब्यवस्थापक समर भण्डारीले जानकारी दिए । यसैबीच कम्पनीले गरेको नाफाको केही प्रतिशत सामाजिक कार्यमा लगानी गरिने घोराही शाखा प्रमुख श्याम आलेले जानकारी दिए ।

युवाहरु रोजगारीको खोजीमा विदेशिने क्रम बढिरहेका बेला आफूहरुले यहीं केही गर्न सकिन्छ भन्ने सोंचेर स्वदेशी पुँजी, स्वदेशी कच्चा पदार्थ र स्वदेशी श्रम लगायर साबुन उद्योग सञ्चालन गरेको धनगढी शाखा प्रमुख कृष्ण प्रसाद पौडेलले बताए । कलार्यक्रम रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : सोमवार, आषाढ ३२, २०७५ समय : १९:३९:५९ 288 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi