तुलसीपुर ६ मा विपद व्यवस्थापन र पूर्ण खोप युक्त समिति गठन

पहिलोपेज

तुलसीपुर

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा सोमबार विपद् व्यवस्थापन समिति गठन गरिएको छ । वडा अध्यक्ष नवराज लामिछानेको संयोजकत्वमा गठित समितिमा विभिन्न संघ, संस्था तथा क्षेत्रका प्रतिनिधीहरु सदस्य रहेका छन् । समितिमा शुसिला न्यौपाने, शान्ता पाण्डे, गोकुल चौधरी, लाकराज डाँगी, हरिकला मियाँ वली, कमल लामिछाने, मिना वादी लगायत विभिन्न संघसंस्था तथा क्षेत्रका प्रतिनिधीहरु सदस्य रहेका छन् ।

समुदायमा कुनैपनि बेला आउन सक्ने विपद् सँग जुध्न यो समिति गठन गरिएको अध्यक्ष लामिछानेले बताए । विपद्बाट हुने मानवीय तथा अर्थिक क्षति कम गर्नका लागि समितिले योजना निमार्ण गरि कार्यान्वयन गर्ने उनले बताए । सामाजिक परिचालक नानिमैया वलीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा वडा सदस्य युवा कराराले स्वागत मन्तब्य राखेकी थिइन् ।

यस्तै वडा नं. ६ मा सोमबार नै वडा स्तरिय पूर्ण खोप समन्वय समिति गठन गरिएको छ । वडा अध्यक्ष लामिछाने कै संयोजकत्वमा गठित समितिमा वडा सदस्यहरु युवा करार, हरिबहादुर वली, यमुना परियार र दुजमान भण्डारी सदस्य रहेका छन् । त्यस्तै मेनका शर्मा, लेखतराम पौडेल, विना रेग्मी, निशा लामिछाने, नानीमैयाँ वली लगायत वाल तथा युवा क्लव, सामाजिक संघसंस्था र विद्यालयका प्रतिनिधीहरु सदस्य रहेका छन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका स्वाथ्य महाशाखा उपसंयोजक बिष्णु गिरीले बच्चा स्वथ्य हुन सबै खोप लगाउनै पर्ने बताए । एक जना बालवालिकालाई राज्यले खोपकै लागि ३० हजार खर्च गर्ने भन्दै उनले स्वाथ्य नागरिक बनाउने राज्यको लक्ष्य सबैको सहयोगबाट मात्रै पूरा हुने बताए ।

प्रकाशित मिति : सोमवार, आषाढ ३२, २०७५ समय : १८:१५:२३ 58 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi