कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलनको भव्य तयारी, चित्रबहादुर केसीले उद्घाटन गर्ने

पहिलोपेज

काठमाडौं, ३० असार । कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलनको भव्य तयारी भएको छ । “राष्ट्रियता, राष्ट्रिय अखण्डता, जनतन्त्र र जनजीविकाको लागि हाम्रो अभियान, प्रवासी नेपाली श्रमजीवीको हकहित र अधिकारको पक्षमा पाँचौँ राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ यो सम्मेलन हुन थालेको अध्यक्ष लुमाकान्त पुनमगरले जानकारी दिए ।

अध्यक्ष पुनमगरले जारी गरेको विज्ञप्तिका अनुसार आगामी अगस्त, २०१८ को इद अल अधाको दिन दोहाको नज्मास्थित शालिमार होटलमा पाँचौं राष्ट्रिय सम्मेलन हुँदैछ । उक्त राष्ट्रिय सम्मेलनको उद्घाटन तथा सम्बोधन गर्नका लागि राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सम्मेलन मूल आयोजक समिति र मातहतका सम्पूर्ण उपसमितिहरु सम्मेलनको भव्य सफलताका लागि सक्रियतापूर्वक तयारीमा लागिरहेको अध्यक्ष पुनमगरले बताए ।

प्रकाशित मिति : शनिवार, आषाढ ३०, २०७५ समय : १८:५६:५८ 134 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi