भरतपुरमा २ अर्बको रिङरोड र लिङक रोड बन्दै, अध्यक्ष प्रचण्डद्वारा शिलान्यास, २ वर्षमा काम सकिने

पहिलोपेज

चितवन, ३० असार । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको रिङरोड र विभिन्न लिङ्क रोडहरूको शुक्रबार शिलान्यास गरेका छन् । रोडको एक कार्यक्रमका बीच चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका पुष्पकमल दाहाल “प्रचण्ड”ले रिबन काटेर शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री प्रचण्डले रिङरोड र लिङ्करोड चितवन विकासको कडी भएको उल्लेख गरे । रिङरोड र लिङ्करोडको विनियोजन भएको २ अर्ब बजेट पनि अघिल्लो सरकारकै पालामा विनियोजन भएको जानकारी दिए । बजेटले चितवनलाई सम्बोधन गर्न नसकेपनि चितवन केन्द्र भागमा रहेकाले विभिन्न परियोजनामार्फत सम्बोधन हुँदै जाने उल्लेख गरे । चितवनमा धेरै सम्भावना रहेकाले देशको आवश्यकता अनुसार पूर्वाधार विकास हुने उनको भनाई छ ।

रिङरोड अन्तर्गत भरतपुर २२ घौलाघारी र भरतपुर ३ पुलचोक गरी दुई स्थानबाट निर्माण कार्य प्रारम्भ हुनेछ । भरतपुर महानगरपालिकाभित्र रिङरोडका लागि ९५ किलोमिटर कालोपत्रे गरिने छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख कुमारप्रसाद घिमिरेका अनुसार रिङरोडको कालोपत्रेको चौडाई ७ मिटरको हुनेछ । रिङ रोड निर्माणका लागि पुरानो बाटोहरुलाई नै समावेश गरिएको भए पनि त्यसबाहेक ८ किलोमिटर नयाँ स्थानबाट बाटो विस्तार हुनेछ । २ बर्षभित्र निर्माण सम्पन्न गरी सक्नुपर्ने सम्झौता छ ।

लिङ्करोड र रिङर्रोडको केही अंशको रुपमा निर्माण हुन गइरहेका सडकहरुको काम तोकिएको समयमा नै पूरा हुने बताए । प्याकेज नम्बर एक र प्याकेज नम्बर दुईको योजना विवरण अनुसार कालोपत्रे सडक र ढल निर्माणको काम अगाडि बढाइने उनले बताए ।

सडक निर्माणका लागि दुईवटा प्याकेज बनाएर काम सुरु गरिएको छ । भरतपुर महानगरपालिकामार्फत सञ्चालन हुने दुईवटै प्याकेजका विकास निर्माणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले परामर्शदाताको रुपमा काम गर्नेछ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत कालेपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नम्बर एक र दुईमा विभिन्न निर्माण कम्पनीसँग निर्माण सम्झौता भई काम सुरु भइसकेको छ । प्याकेज नम्बर एकको लागि कान्छाराम सन्तोषी डाँफे जेभीसँग ७७ करोड ८३ लाख ५८ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ ।

यसैगरी प्याकेज नम्बर दुईको लागि रमन शिवशक्ति जेभीसँग ६८ करोड २३ लाख १५ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ । ठेक्का सम्झौता मितिदेखि नै काम सुरु भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : शनिवार, आषाढ ३०, २०७५ समय : ११:३७:३५ 58 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi