अनशन तोडे पनि गंगामाया अस्पतालमै

पहिलोपेज

काठमाडौं, ३० असार । छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनशनरत गंगामायाको अनशन शुक्रबारबाट तोडिएको छ । उनी वीर अस्पतालमा अनशन बसेकी थिइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यसअघि कानुनमन्त्री शेरबहादुर तामाङद्वारा हस्ताक्षरित २ बुँदे पत्र पनि गंगामायालाई दिइएको थियो । पत्रमा २०७२ असोजमा जनाइएको ५ बुँदे प्रतिबद्धता कार्यान्वयन गर्ने उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

गंगामायाको अनशनलाई नजिकबाट हेर्दै आएका र उनको जीवनरक्षाका लागि आवाज उठाउँदै आएका नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले गंगामायाले अनशन तोडे पनि अस्पतालमै रहेको र गंगामायाको बसोबासको लागि सरकारले व्यवस्था गरिदिनुपर्ने बताए । “उहाँ अस्पतालमै हुनुहुन्छ, कहाँ जाने भन्ने टुंगो छैन । सरकारले ध्यान दिनुपर्छ”, अर्यालले भने ।

प्रकाशित मिति : शनिवार, आषाढ ३०, २०७५ समय : ९:३८:२६ 61 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi