भक्तपुरमा नारायणमान विजुक्छेबारे पढाइ हुँदै

पहिलोपेज

भक्तपुर, ३० असार । भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरुमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेबारे पढाइ हुन थालेको छ । विजुक्छेसहित भक्तपुरका अन्य विभिन्न विधाका १५ जनाको विषयमा पनि पढाइ हुँदैछ ।

भक्तपुरमै जन्मिएका र राष्ट्रिय राजनीतिमा स्थापित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको व्यक्तित्वबारे कक्षा ६ का विद्यार्थीहरुका लागि पाठ राखिएको हो ।

भक्तपुर नगरपालिकाले फ्रेममा राखेर पठाएको बिजुक्छेको तस्वीर देखाएर विद्यार्थीहरुलाई पढाउन थालिएको छ । अलि पछि चाहिँ पाठ्यपुस्तकमै उनको जीवनी पढ्न पाइने बताइएको छ । जीवनी लेखनकै चरणमा रहेकाले अहिले भक्तपुरका ९२ वटै विद्यालयमा १५ जना व्यक्तित्वहरुको तस्वीर भने पुगिसकेका छन् ।

भक्तपुरका विद्यालयमा बिजुक्छेसहित राष्ट्रिय छवि बनाएका नेतादेखि स्थानीय तहमा उल्लेखनीय योगदान पुराएका व्यक्तिलाई भक्तपुर नगरपालिकाले पाठ्यक्रममा समेटेको छ । यो समाचारलाई आजको राजधानी दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : शनिवार, आषाढ ३०, २०७५ समय : ९:३०:४४ 34 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi