बोको र भाले चढाउने शर्तमा सडक र ढल बनाइँदै

पहिलोपेज

हुम्ला, ३० असार । सुन्दा पत्याउन कठिन हुन्छ तर हुम्लामा बोको र भाले चढाउने शर्तमा सडक र ढल निर्माण हुँदैछ । गोरखापत्र दैनिकले पृष्ठ ३ मा यो समाचार छापेको छ ।

सिमकोट गाउँपालिका– ६ को लादेबाडादेखि कालीचोकसम्मको ढल तथा चार मिटर चौडा सडक निर्माणको मुखैमा देउताको पूजा गर्ने थान परेपछि कर्मचारीदेखि कामदारहरुले काम गर्नै मानेका थिएनन् । सहमतिपछि अहिले निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ ।

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी र इन्जिनियर सरोज भण्डारीदेखि दक्ष मिस्त्रीहरुले पनि त्यस स्थानमा निर्माण अगाडि बढाउन मानेका थिएनन् । देउताको पूजा गर्ने ठाउँमा क्षति पुराएमा सम्बन्धित मान्छेलाई राम्रो नहुने सुनाएपछि उनीहरु डराएको वडाध्यक्ष जयचन्द्र रोकायाले बताए ।

देउताको डरले काम रोकिने भो भनेर चिन्तामा रहेका ठेकेदार पनि बोको र भाले चढाउन तयार भएको अध्यक्ष रोकायाले बताए । अब साउनमा देउतालाई बोको र भाले ठेकेदारले चढाउनुपर्ने भएको छ ।

प्रकाशित मिति : शनिवार, आषाढ ३०, २०७५ समय : ९:१६:३० 26 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi