भोलि पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना/प्रदर्शन

पहिलोपेज

काठमाडौं, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले धर्ना÷प्रदर्शन प्रारम्भ गरेको छ । पहिलो दिनको प्रदर्शनबाट समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २५ जना गिरफ्तार भए तापनि भोलि पनि धर्ना÷प्रदर्शनको आयोजना गरिएको छ ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवा तथा अधिकारकर्मीहरुको सहभागिता रहने सभापति डा. गंगाधर अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार भोलि ३० असार २०७५ शनिवारका दिन दिउँसो ठीक १ बजे प्रधानमन्त्री निवास बालुवाटार ३ नम्बर गेट अगाडि विरोध प्रदर्शन शुरु हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी कतिपय निर्णय गरेको भन्दै विज्ञप्तिमा न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले यो आन्दोलन थालेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : शुक्रवार, आषाढ २९, २०७५ समय : २०:४६:०४ 44 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi