१० वर्षपछि कान्तिपुरको नेतृत्व सम्हाल्न फर्किए नारायण वाग्ले

पहिलोपेज

तस्वीर : निवर्तमान प्रधानसम्पादक सुधीर शर्माको ट्वीटरबाट

काठमाडौं, २९ असार । कान्तिपुर दैनिक छोडेको १० वर्षपछि नारायण वाग्ले फेरि कान्तिपुर दैनिकमै फर्किएका छन् । वाग्ले आजदेखि नै कान्तिपुरको प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्ने गरी कान्तिपुर मिडिया ग्रुपमा फर्किएका हुन् ।

पत्रकार नारायण वाग्लेले लामो समय कान्तिपुरको सम्पादकको जिम्मेवारी सम्हालेर निस्किएका थिए । यसपटक वाग्ले कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधानसम्पादकको रुपमा नियुक्त भएका हुन् ।

यसअघि सुधीर शर्माले कान्तिपुर दैनिकको प्रधानसम्पादक र अखिलेश उपाध्यायले दी काठमाडौं पोष्टको प्रधानसम्पादकबाट भर्खरै राजीनामा दिएका थिए । दी काठमाडौं पोष्टको प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्न भने को आउने हो ? अझै निश्चित भइनसकेको बताइएको छ ।

आजै कान्तिपुरमा नयाँ प्रधान सम्पादक नारायण वाग्लेलाई स्वागत गरिएको छ । त्यस्तै, भर्खरै राजीनामा दिएका प्रधान सम्पादक सुधीर शर्मालाई विदाई गरिएको छ ।

प्रकाशित मिति : शुक्रवार, आषाढ २९, २०७५ समय : २०:३५:५० 91 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi