दाङमा पहिलो पटक खो–खो लेख प्रतियोगिता सञ्चालन हुने

रंगशालाको शिलन्यास साउन ५ मा

नारायण भण्डारी

तुलसीपुर ।

दाङमा पहिलो पटक जिल्ला स्तरिय खो–खो खेल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति दाङको आयोजनामा यही असार ३० गते बेलझुण्डीको खेलमैदानमा प्रतियोगिता हुने भएको हो । समितिको मंगलबार बसेको बैठकले दाङमा पहिलो पटक जिल्ला स्तरिय खुला खो–खो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले जानकारी दिए ।

सो प्रतियोगितामा भाग लिन असार २९ गते सम्ममा समितिको कार्यालयमा समूह दर्ता गर्न सकिने उनले बताए । प्रतियोगिता सञ्चालन गर्नकालागि समितिका सदस्य साबित्रा गुरुङ्को संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा टोपेन्द्र थापा र सीता चौधरी रहेका छन् ।
रंगशालाको शिलन्यास साउन ५ मा
२४ करोड बढिको लागतमा बेलझुण्डीमा निमार्ण हुन लागेको रंगशालाको साउन ५ गते शिलन्यास गरिने भएको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले रंगशालाको शिलन्यास गर्ने कार्यक्रम तय भएको समितिका अध्यक्ष डाँगीले जानकारी दिए ।

आगामी मंसिर १५ सम्ममा निमार्ण सम्पन्न गर्नेगरी २४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाँको लागतमा दिवा एम. ए. प्रतिष्ठा कन्सलटेन्शी जेभी काठमाण्डौंले निमार्णको जिम्मा पाएको छ । मंसिर २१ देखि हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी मंसिर १५ गते सम्ममा निमार्ण सम्पन्न गर्ने गरी राखेप र कम्पनी बीच यही असार ७ गते सम्झौता भएको थियो ।।

प्रकाशित मिति : मङ्गलवार, आषाढ २६, २०७५ समय : १९:२३:२१ 202 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi