हल्का माया लाउँदै नलाउने भनेर आउँदै मालिकामा रेखा

पहिलोपेज

काठमाडौं, २६ असार । चर्चित नायिका रेखा थापाले अब हल्का माया लाउँदै नलाउने भएकी छन् । उनले आफ्नो आगामी चलचित्र “मालिका”मा गाढा माया लगाउने र त्यो पनि नजिक होइन टाढा लगाउने भएकी छन् ।

रेखा फिल्मस्को ब्यानरमा निर्मित “मालिका” आगामी कार्तिक २१ गते लक्ष्मीपूजाको दिन रिलिज हुने तय भइसकेको छ । निर्देशन पनि स्वयं रेखाले नै गरेको “मालिका”को एउटा गीत भने अबको केही दिन अर्थात साउन १ गते सार्वजनिक हुँदैछ ।

हल्का माया के लाउने गाढा लगाउने
नजिकका माया छँदैछ टाढा लगाउने
यस्तो कर्णप्रिय शव्द रहेको मालिकाको गीतको भिडियोले स्रोता÷दर्शकको मन ह्वात्तै जित्ने देखिन्छ ।

निर्माता सरस्वती थापा, कार्यकारी निर्माता नर कार्की र मुख्य सहायक निर्देशक नवराज शर्मा रहेको मालिकाको यो गीतको कोरियोग्राफर रामजी लामिछाने छन् । सुरेश अधिकारीले सङ्गीतवद्ध गरेको यो गीतको छायाङ्कन रामशरण उप्रेतीले गरेका छन् । ऐतिहासिक जाजरकोट दरबार लगायतका दृश्य रहेको यो गीत व्यग्र प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति : मङ्गलवार, आषाढ २६, २०७५ समय : १३:३९:३२ 1341 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi