रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई ११ वर्ष जेल

पहिलोपेज

काठमाडौं, २६ असार । रक्सीले मातेर ९० बर्षीया अपांग बृद्धालाई बलात्कार गरेको अभियोग लागेका २० बर्षीय युवकलाई ११ बर्ष जेल सजाय सुनाइएको छ ।

पर्वतको मोदी गाउँपालिका १ का २० बर्षीय शंकर परियारलाई पर्वत जिल्ला अदालतले ११ बर्ष कैद हुने फैसला सुनाएको हो ।

जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको ईजलासले परियारलाई पुर्पक्षका ११ बर्ष कैद र ३० हजार क्षतिपूर्ति तिराउने फैसला गरेको श्रेस्तेदार दयाराम पोखरेलले जानकारी दिए भनेर आजको नेपाल समाचारपत्रले यो खबर छापेको छ ।

प्रकाशित मिति : मङ्गलवार, आषाढ २६, २०७५ समय : ९:५१:३१ 97 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi