तुलसीपुरमा जारी सरसफाई अभियानको समिक्षा

‘अब नयाँ ढंगबाट अगाडी बढ्नुपर्छ’

नारायण भण्डारी

तुलसीपुर ।
दाङको तुलसीपुरमा दुई बर्ष अघि सुरु भएको सरसफाई अभियानलाई अव नयाँ मोडेलबाट अगाडी बढाइने भएको छ । अभियान सुरु भएको एक सय हप्ता पुग्न लाग्दा अभियान्ताहरुले नयाँ मोडलबाट अगाडी बढ्ने निष्कर्ष निकालेका हुन् । उपमहानगरपालिकाले सरसफाई अभियानको समिक्षाकालागि सोमबार आयोजना गरेको छलफलमा नगर प्रमुख घनश्याम पाण्डेले सरसफाई अभियानलाई अव नयाँ ढंगबाट अगाडी बढाउनु पर्ने बताए ।

‘सधै सडकका फोहोर टिपेर नहुने रहेछ, सचेतनामूलक र कारवाहीका कार्यक्रमलाई अगाढी बढाउनु पर्ने देखियो’ पाण्डेले भने । सरसफाई अभियान सय हप्तामा पुग्न लाग्दा अभियानका रुपमा विरुवा रोप्ने कार्यक्रम बनाएर अगाडी बढ्नुपर्ने मेयर पाण्डेले बताए । नगर विकास समितिले घोघरेमा गरेको प्लनिङ्गको ७ किलो मिटर सडक र अन्य स्थानका सडकका किनारामा अभियानका रुपमा बिरुवा रापिने उनले बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले सरसफाई तथा बृक्षरोपण अभियानमा सबैलाई सहभागी बनाउनुपर्ने बताए । वडा, टोल, विद्यालय, क्याम्पस तथा विभिन्न संघरसंस्थाहरुलाई अभियानमा सहभागी बनाउनु पर्ने उनीहरुको सुझाव थियो । ९९ हप्ता सम्म सरसफाईमा केन्द्रीत अभियानलाई अव नयाँ ढंगबाट अगाडी बढाउनु पर्ने उनीहरुको सुझाव थियो ।

छलफलमा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजाल, राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष शुरेस हमाल, टोप बहादुर महतरा, पत्रकार शरद रेग्मी लगायतले सरसफाई अभियानलाई आगामी दिनमा कसरी अगाडी बढाउने भन्ने बिषयमा सुझाव राखेका थिए ।

यसैबीच छलफलबाट एक सय हप्ता र त्यस पछिको सरसफाई अभियानको मोडल तयार पार्न समिति गठन गरिएको छ । वाताबरण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको संयोजकत्वमा गठित समितिमा उद्योग वाण्ज्यि संघ, यातायात व्यवसायी, तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, पत्रकार लगायत सदस्य रहेका छन् ।

सो समितिले एक सय हप्ताको सरसफाई अभियानलाई कसरी अगाडी बढाउने र त्यसपछिका सरसफाई अभियानहरु कुन मोडलमा लैजाने भन्ने बिषयमा योजना बनाउने समितिका संयोजक लामिछानेले बताए । उद्योग बाणिज्य संघको अगुवाईमा दुई बर्ष अघि सुरु भएको क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर अभियानलाई उपमहानगरमा जनप्रतिनिधी आएपछि स्वामित्व लिएका थिए । सरसफाई अभियानले आगामी साउन १ गते एक सय हप्ता पार गर्दै छ ।

प्रकाशित मिति : सोमवार, आषाढ २५, २०७५ समय : १८:४०:४४ 135 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi