दिलबहादुर घर्तीलाई बचाउन रोल्पाली सेवा समाजले जम्मा गर्यो ९ लाख ३२ हजार

बाबुलाल बुढा

साउदी अरव, २४ असार । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी अरवले “दिलबहादुर घर्ती बचाउ अभियान”मा ९ लाख ३२ हजार ४ सय ५२ रकम जम्मा गरेको छ । यही असार २२ गते शुक्रबारका दिन साउदी अरबको दमामस्थित रोज होटेलमा एक कार्यक्रम गरी संकलन गरिएको उक्त रकम सार्वजनिक गरेको गरिएको हो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले रकम सार्वजनिक गरेलगत्तै समाजले २३ असार २०७५ देखि लागु हुनेगरी “दिलबहादुर बचाउ अभियान” बन्द गरिएको जनाएको छ । अबदेखि कसैले दिलबहादुर घर्तीको नाममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको नाम लिई रकम संकलन नगर्न र नगराउन समाजले सबैमा अनुरोध गरेको छ । संकलित रकम छिटै नेपाल पठाउने तयारी भइरहेको समाजका अध्यक्ष नरेन्द्र घर्तीले जानकारी दिए ।

साउदी अरब पूर्वी एरियाका राजदूत हरि घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा विशेष अतिथि मगर संघ साउदीका अध्यक्ष युवराज पुन र जिफन्ट सहयोग समूह साउदीका संयोजक राज तामाङ थिए । त्यसैगरी तमुधी समाजका महिला उपाध्यक्ष तुलसीमाया गुरुङ, नेपाली प्रवासी मञ्च साउदीका अध्यक्ष कमल खरेल, एनए मिडियाका सम्पादक श्री कृष्ण श्रेष्ठ, तमुधी प्रवास शाखा साउदीका अध्यक्ष खेम गुरुङ, नेपाली साझा मञ्चका अध्यक्ष कृष्ण पुरी, प्रवासी संघ युवा मञ्चका अध्यक्ष बिजय लामा, संघीय लिम्बुवान केन्द्रीय सदस्य श्रीयाबा, काभ्रे सेवा समाजका महासचिव सुमेश त्रिपाठी, जनप्रगतिशील मञ्चका शोभान पुनको उपस्थिति रहेको थियो । कार्यक्रममा रोल्पाली गैररोल्पालीहरुको बाक्लो उपस्थिति थियो ।

जिफन्ट सहयोग समूह प्रवास शाखा साउदी र तमुधी सेवा समाज सहयोगी सस्थाको रुपमा हुँदै प्राबिधिक सहयोगदेखि अन्य ब्यवस्थापन गर्नमा महत्वपूर्ण सहयोग गरेको थियो ।

रोल्पा जिल्लाको थबाङका दिलबहादुर घर्तीमगर बचाउ अभियान सन्चालन गरी संकलन भएको रकम सार्बजनिक गरिएको हो । कार्यक्रममा बोल्दै मगर संघका अध्यक्ष युबराज पुनमगरले मगर संघ साउदीले पनि कुमार राना र दिलबहादुर घर्ती बचाउ अभियान चलाइरहेको र जम्मा रकमको आधा दिलबहादुर घर्तीलाई हस्तान्तरण गर्ने बताए । फ्रेन्डस अफ नेपालका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले पहिले केही संघसंगठनले यस्ता अभियान चलाएर उठेको रकम पीडितसम्म नपुराएको र अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजले उदाहरणीय काम गरेकोमा खुसी ब्यक्त गरे ।

संघीय लिम्बुवान मञ्चका केन्द्रीय सदस्य समाजसेवी तथा व्यवसायी श्रीयाबा लिम्बुले पीडितको पक्षमा राम्रो काम गरेको भन्दै ५०० साउदी रियल सहयोग गरेका थिए । जिफन्ट सहयोग समूह शाखा साउदीका संयोजक राज तामाङले प्रेम राई बचाउ अभियान सफलतापूर्वक सम्पन्न गरेको जनाउदै जिफन्ट सधै श्रमिक र पीडितको पक्षमा उभिने भन्दै कुमार रानामगर र दिलबहादुर घर्तीमगरको लागि नेपाली १ लाख सहयोग गर्ने बताए । यसैगरी नेपाली साझा मञ्चका कृष्ण पुरी, प्रवासी नेपाली युवा मञ्चका विजय लामा, तमुधीका अध्यक्ष खेम गुरुङ, प्रगतिशील मञ्चका सुमन पुन, प्रवासी मञ्चका कमल खरेल मन्तव्य व्यक्त गरेका थिए ।

स्थापनाको ४ महिना पूरा नहुँदै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले ९ लाख ३२ हजार ४ सय ५२ नेपाली जम्मा गरेको छ । दिलबहादुर बचाउ अभियान मूल समितिमा हालसम्म ५४ लाख जम्मा भएको बताइएको छ । समाजले पहिलो कार्यमै उत्कृष्ट काम गरेको छ । कार्यक्रमका सभापति अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका राजन खड्का थिए भने कार्यक्रम सञ्चालन समाजका महासचिव चन्द्रप्रकाश पुनले गरेका थिए । सस्थाका कोषाध्यक्ष भीम बुढामगरले स्वागत मन्तव्य राखेका थिए । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले दिलबहादुर बचाउ अभियानमा अहोरात्र खट्ने सम्पूर्ण रोल्पालीहरु अनि अमूल्य पसिनाको केही हिस्सा छुट्याई अभियानमा सहभागी भई आर्थिक सहयोग सम्पूर्ण नेपाली परोपकारी मनहरुप्रति धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : आइतवार, आषाढ २४, २०७५ समय : २०:२५:२१ 271 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi