पूर्वप्रधानमन्त्री डा. भट्टराई र लेखक खगेन्द्र संग्रौलाबीच यस्तो जुहारी

काठमाडौं, २ असार । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाबीच ट्वीटरमा जुहारी चलेको छ । शुरुमा साहित्यका संग्रौलाले डा. भट्टराईलाई घोंचपेच गर्दै ट्वीट गरेपछि डा. भट्टराईले पनि जवाफ फर्काएका हुन् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले संग्रौलालाई यस्तो लेखेका छन्, “ज्येष्ठ ब्रो, फुटपाथमा सुतिरहेको यौटा तन्नमलाई यस्तो ब्यंग्यवाण किन ? यो त जो होचो उसको मुखमा घोचो भएन र ? मेरो प्रस्ताव त आफ्नो कुनै आवास नहुनेलाई राज्यले सहुलियत भाडामा आवास उपलब्ध गराओस् भन्ने हो । सुरक्षाकर्मीहरू मैले पहिल्यै फिर्ता गरिसकेको छु ! राज्यबाट अरू कुनै सुविधा लिएको छैन !”

त्यसअघि डा. भट्टराईलाई व्यंग्य गर्दै संग्रौलाले लेखेका थिए, “पत्रकारको सपनामा बाबुरामले भनेछन्, भ्रष्टाचारमार्गी केपी–पीकेले पूर्वविशेषलाई दिने सुबिधा म लिन्न । विपनामा हो र डाक्टसाप भनेर सोध्दा निजले पत्रकारलाई जवाफ दिएछन्, प्रधानमन्त्री हुँदा म आफैँले प्रस्ताव गरेको यो सुविधा नलिन मेरो नैतिकताले दिँदैन । हैट्, नैतिकता पनि तालतालका !”

प्रकाशित मिति : शनिवार, आषाढ ०२, २०७५ समय : २०:२१:१७ 264 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi