राधापुरका बालबालिकाले किन बिहे गर्न नदिने भए ?

पहिलोपेज

बाँके, २ असार । बाँकेको राधापुरमा बाल क्लब सञ्जालमा आवद्ध बालबालिकाहरुले बिहे गर्न नदिने भएका छन् । उनीहरुले बालविवाहका विरुद्ध त्यस्तो कदम उठाएका हुन् ।

बालक्लवमा आवद्ध बालबालिकाहरुले बाल बिवाहबिरुद्ध घरदैलो अभियान सञ्चालन गर्ने भएका हुन् । खजुरा गाउँपालिकाको सहयोगमा समृद्धिका पाइला बाँकेले शनिबार राधापुरमा आयोजना गरेको बाल बिवाह बिरुद्धको चेतनामूलक कार्यक्रममा सहभागी बालबालिकाहरुले राधापुरलाई बाल विवाहमुक्त वडा बनाउन बाल क्लबमा आवद्ध सम्पूर्ण बालबालिकाले घरदैलो अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

राधापुरमा रहेका ८ वटा टोलमा टोलस्तरीय बाल क्लब र वडास्तरमा पनि वडा स्तरीय बाल क्लबमा राधापुरका बालबालिकाहरु आवद्ध भएका छन् । वडा अध्यक्ष सुमन मल्लले उद्घाटन गरेको कार्यक्रममा बाल क्लब सञ्जाल राधापुरका अध्यक्ष सुशील गुरुङले बाल क्लबमा आवद्ध भएपछि आफूहरुको क्षमता बिस्तार भइरहेको भन्दै बाल बिवाहमुक्त वडा निर्माणमा प्रचारात्मक सामग्रीसहित क्लबका सदस्यहरु घरघरमा पुगी जनचेतना फैलाउने बताए ।

प्रकाशित मिति : शनिवार, आषाढ ०२, २०७५ समय : १९:४७:३३ 154 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi