शिक्षकहरुलाई खुशीको खबर, प्रावि, निमावि र मावि तहमा झण्डै १३ हजार पदमा विज्ञापन

काठमाडौं, २ असार । शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका पदहरुमा विज्ञापन आव्हान गरेको छ ।

आयोगले प्राथमिकतर्फ कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आव्हान गरेको छ । त्यस्तै, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ गरी २ हजार ७ सय ४३ पदमा विज्ञापन गरेको छ ।

आयोगले ३१ असारसम्म फारम भर्ने गरी तय गरिएको उक्त विज्ञापनअन्र्तगत माविको परीक्षा ११ असोजमा, निमाविको १२ र प्राविको १३ असोजमा गर्ने निर्णय गरेको छ । दरखास्त फाराम बुझाउने अन्तिम मिति ०७५, ३१ असारसम्ममा १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको स्थायी लाइसेन्स भएका उम्मेद्वारले फारम भर्न पाउनेछन् । तर सम्बन्धित तहमा कार्यरत राहत शिक्षकलाई उमेरको हद नलाग्ने बताइएको छ ।

प्रकाशित मिति : शनिवार, आषाढ ०२, २०७५ समय : १८:३८:५४ 343 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi