राजमो अभियान : कतै तपाईंले भ्रष्टाचार गरिरहनु भएको त छैन ?

दाङ, ३० जेठ । राष्ट्रिय जनमोर्चा दाङले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको छ । राजमोले “कतै तपाईंले भ्रष्टाचार गरिरहनु भएको त छैन ?” भन्ने पोष्टर टाँसेर भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको हो ।

यो अभियानलाई राजमोले विभिन्न स्थान र सरकारी कार्यालयहरुमा पुगेर पोष्टर टाँस्ने कामलाई तीब्रता दिइरहेको छ । राष्ट्रिय जनमोर्चा दाङले सोही अभियानअन्तर्गत विभिन्न सरकारी कार्यालयहरुमा उक्त पोष्टर टाँसिरहेको छ । आज जिल्ला प्रशासन कार्यालय दाङमा पनि राजमोले उक्त पोष्टर टाँसेको छ ।

प्रकाशित मिति : बुधवार, जेठ ३०, २०७५ समय : १८:५१:०६ 719 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi